भारतको सिक्किममा नेपाली फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाइएको छ।
सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका थिए। यससंगै सिक्किम सरकारले ‘कबड्डी ४’ प्रदर्शनमा राेक लगाएकाे हाे।
मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको भावनालाई ध्यानमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाएका छन्।