बेलायतमा ‘कप्टी’को विशेष प्रदर्शन हुने

File photo
File photo

निर्देशक भुपेन्द्र गुरुङको फिल्म ‘कप्टी’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ।

फिल्म १९ जुनमा सामुएल कोडी स्पोर्ट्स कलेज भेलेन्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुन लागेको हो।

भ्याली फिल्म एकेडमीको ब्यानरमा बनेको फिल्मको विशेष प्रदर्शनको आयोजना डाँडाथोक युरी परिवारले गर्न लागेको हो। फिल्ममा शेरबहादुर गुरुङ, उर्मिला गुरुङ, उमेश गुरुङ, स्मृति बलामी, गिरीप्रसाद पुन ‘लाहुरे दाइ’, केशव राई, सोनी गुरुङलगायतका कलाकारको अभिनय छ।

फिल्मको छायांकन सोलुखुम्बुको जुबु, मैदेल गाउँ, गोकियो रि, कालिन्चोक, लमजुङको डाँडाथोक गाउँ र इलाममा छायांकन गरिएको छ।

फिल्ममा मदनकाश्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन, समिर मियाको कलर र भी एफ एक्स, आश्रम गुरुङको शब्द, संगीत, मोहनकुमार खत्री, प्रेमबहादुर गुरुङ, मिनु लामा र अमेरिका निवासी मनिता गुरुङको निर्माण र नातीकाजी गुरुङको सह–निर्माण छ।

प्रकाशित मिति: : 2022-06-16 16:26:00

प्रतिकृया दिनुहोस्