कमल हसनको ‘विक्रम’ हिट हुने पाँच कारण

File photo
File photo

बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला। ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि तमिल फिल्म ‘विक्रम’को कमाई आँकडालाई हेरे पुग्छ।

फिल्म ‘विक्रम’ले विश्वव्यापी रूपमा चार सय करोड कमाई गरिसकेको छ। २० दिनदेखि फिल्मको कमाईको आँकडा ओरालो झरेको छैन। दक्षिण भारतीय क्षेत्रमा पनि ‘विक्रम’को बक्स अफिस कलेक्सन दौड जारी नै छ।

कमल हसनको निर्माण र अभिनय रहेको यो फिल्मले सबै रेकर्डलाई तोडेर विश्वव्यापी बजारमा आफूलाई स्थापित गरिरहेको छ। यहाँ ‘विक्रम’ हिट हुने पाँच कारणलाई प्रस्तुत गरिएको छ।

कमल हसनको कमव्याक

‘विक्रम’ले कमल हसनको जादुमयी अभिनयलाई पुनः स्थापित गरेको छ। पछिल्लो चार वर्षमा कमल कुनै पनि फिल्ममा देखिएका थिएनन्। उनी टेलिभिजन होस्ट र राजनीतिमै सक्रिय थिए। यो समयावधिमा मानिसले कमललाई धेरैपटक देखे, तर उनको कला भने हेर्न पाएका थिएनन्। उनको कला हो, अभिनय, लेखन र निर्देशन। ‘विक्रम’ले चार वर्षपछि कमलको खालीपनलाई भरिदिएको छ।

साउथका तीन स्टार एकसाथ

के हुन्छ, जब कुनै फिल्ममा तीन खान एकैपटक देखिन्छन्। यस्तै संयोग ‘विक्रम’मा छ। फिल्ममा तीन साउथ स्टार कमल हसन, विजय सेथुपथी र फहाद फाजिल छन्। तमिल फिल्ममा यस्तो मल्टीस्टार फिल्म सायदै पहिलोपटक बनेको हो। तिनै स्टारलाई निर्देशक लोकेश कनगराजले एकसाथ ल्याएका हुन्।

सूर्याको केमियो

‘विक्रम’का लागि सूर्याको केमियो अर्को सरप्राइज हो। फिल्म रिलिज हुनु अघि कसैलाई पनि यो कुराको छनक थिएन। फिल्ममा सूर्याको प्रवेश नै दर्शकका लागि उत्साहपूर्ण छ।

लोकेश कनगराजको निर्देशन

निर्देशक लोकेश ‘विक्रम’सहित तीन हिट फिल्मका निर्देशक हुन्। उनले यसअघि ‘कैथ’ र ‘मास्टर’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्। लोकेश अभिनेता कमल हसनको ‘डाई हार्ड फ्यान’ हुन्।

जबर्जस्त एक्सन

फिल्मको सफलतामा यसको एक्सन पाटो पनि जोडिएको छ। यो फिल्ममा एक्सनकै लागि निर्देशक लोकेशले निकै लामो अनुसन्धान गरेका छन्। 

प्रकाशित मिति: : 2022-06-24 16:08:00

प्रतिकृया दिनुहोस्