चिउडी साँघुमा राजारानी ठड्याउने तिरुवालाई हिमाले गर्‍यो सम्मान

महेश नेपाली

महेश नेपाली

सिंजाकाे प्रवेशद्वार नाग्मबाट आधा एक घण्टामा हिमा गाउँपालिकाकाे केन्द्र पुगिन्छ। त्यहाँबाट आधा मिनेटमै पुगिने ठाउँ हाे चिउडी साँघु।

सिंजामा उधाे-उभाे गर्ने जाे काेही चिउडी साँघुमा आएर टक्क राेकिन्छ। फाेटाे खिच्च र सामाजिक सञ्जालका भित्तामा सजाउँदै अरुकाे मन लाेभ्याउँछ।

जुन दिन नारायणहिटीमा राजा विरेन्द्रको वंश नाश भएको खबर आएकाे थियाे। त्यसै दिन राजा विरेन्द्र र रानी ऐश्वर्यसँगै उनका गार्डहरु सिंजा चिउडीको साँघुमा शालिक बनेर उभिएका थिए। त्यस यता चिउडी साँघुको चर्चा चुलिएको चुलिएै छ।

राजारानी उभिदा साँघु आकर्षक देखिएको छ। यसले चिउडीलाई मात्र होइन समग्र हिमा गाउँपलिकाकै आकर्षण बढाएको छ। सिंजालाई सुहाएको छ। धेरैले फाेटाे मात्रै खिच्ने साँघुमा राजारानी ठड्याउने काे हाेलान? थाहा पाएकै थिएनन्।

यसैबीच बिएल नेपाली सेवाले लुकेकाे कला शृङ्खला-३ मा उनकाे विषयमा लेखेर बाहिर ल्याएकाे थियाे।

हिमा गाउँपालिका मात्रै नभएर सिंजाकाे साेभा बढाइदिने कला र सीपका धनी कालाे तिरुवा गुमनाम पात्र नै थिए। याेभन्दा अगाडिकाे सरकारी निकायले समेत उनकाे याेगदानलाई नजरअन्दाज गर्न सकेका थिएनन्।

तर, नयाँ निर्वाचित हिमा सरकारले उनलाई आफ्नाे १२ औँ गाउँसभाकाे अवसर पारेर सम्मान गरेकाे छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले दोसल्ला ओडाएर प्रमाणपत्र र रु ३ हजार नगदसहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए।

'सरकारले मलाई सम्मान गर्नु भनेकाे मेराे पेशाको सम्मान हाे,' सम्मानित भएका कालाे तिरुवाले खुसी हुँदै भने, 'पञ्चायत र बहुदलदेखि हालसम्म हस्तकलाका कलात्मक काम गरे पनि कसैले यति धेरै मान्छेका अगाडि यसरी दोसल्ला ओडाएकाे थिएन।'

हिमा -७ चिउडी निवासी तिरुवा हाल ६५ वर्षका भए। 'तिरुवालाई सम्मान गर्न पाउदा मलाई औधी खुशी लागेको छ,' गाउँपालिका अध्यक्ष शाहीले भने, 'उहाँले गाउँपालिकाको निम्ति  उल्लेख्य योगदान पुर्‍याउनु भएकाे छ।'

तल्लो चिउडी साँघुलाई पनि त्यस्तै कलात्मक बनाउन अघिल्लो सरकारले तिरुवालाई नै काम दिएकाे थियाे।

तिरुवाले कैयाैं पटक जुम्लामा राजाको आगमन हुँदा काठका मुलगेटहरु बनाउनेदेखि धार्मिकस्थलमा काठका मुर्काट्टा र धाैलेहरु बनाएका छन्।

पछिल्लो समय उनले बनाउने गरेका काष्ठकलाका तस्बिर लिन बाहिरका मानिसहरु पनि उनका घरमै आउने गरेका छन्।

हिमा गाउँपालिका नजिकै चिउडी साँघुमा तत्कालीन पूर्वराज विरेन्द्र, रानी ऐश्वर्य सहित अन्य तस्बिरहरुले त्यो क्षेत्रमा पर्यटक आकर्षित हुने गरेका छन्।

हिमा गाउँपालिकाले गरेकाे सम्मानले तिरुवा जस्तै काष्ठकलाकाे काम गरिरहेका र गर्न चाहनेलाई उत्साहित बनाउनेछ।

प्रकाशित मिति: : 2022-06-26 11:30:00

प्रतिकृया दिनुहोस्