शाकिरालाई प्रेम प्रस्ताव आएपछि प्रहरीमा उजुरी

File photo
File photo

फुटबल खेलाडी जेरार्ड पिकेसँग अलग्गिएपछि कोलम्बियाली गायिका शाकिरा तनावमा छिन्। पिकेसँग अलग्गिएको खबर सार्वजनिक भएसँगै उनको पिछा गर्ने र विवाहका लागि पत्रसमेत आउन थालेपछि शाकिरा तनावमा परेकी  हुन्।

‘वाका वाका’ गायिकाको बार्सिलोनास्थित घरमा उनलाई एक फ्यानले आफूसँग विवाहको प्रस्तावसहितको पत्र आएपछि शाकिराका परिवार तथा उनका भाई टोनिनो मेबारकसँग प्रहरीकहाँ पुगेर पत्रका विषयमा जानकारी गराएका छन्।

यसै महिनाको सुरुमा उनको घर अगाडिको फुटपाथमा ‘तिमीलाई प्रेम गर्छु’ भन्दै ‘अज्ञात’ व्यक्तिले लेखेको भेटिएको थियो। उनले आफूले शाकिरासँग तुरुन्तै विवाह गर्ने चाहना राखेको समेत लेखिएको थियो।

‘म तिमीसँग प्रेम गर्छु, सुन्दर महिला। म तिमीलाई लिन आउँदैछु, मेरो मायालु। म अहिले नै तिमीसँग विवाह गर्न तयार छु’, लेखिएको थियो।

शाकिरा निकट स्रोतका अनुसार त्यो लेख्ने व्यक्ति एक रुसी नागरिक हुन्। जो शाकिराको पिकेसँग अलग भएको घोषणापछि ऊ शाकिराको घर वरपर पिछा गरिरहेको छ।

यो घटना केही दिन पछि आयो, जब स्पेनिस फूटबलर पिकेले शाकिराका सन्तान मिलान र साशालाई बिदा मनाउन लैजानका लागि अस्वीकार गरेका थिए। ११ वर्षसम्म सँगै बसेर दुवै जना अलग्गिएका छन्। शाकिराले पिकेले अर्की युवतीसँग सम्बन्ध बनाएर आफूलाई धोका दिएको आरोप लगाएकी थिइन्। शाकिराले आफ्नो पूर्वप्रेमीले पुनः विवाहको प्रस्ताव गरेको हुनसक्ने आशंका व्यक्त गरेकी छन्।

प्रकाशित मिति: : 2022-06-27 11:12:00

प्रतिकृया दिनुहोस्