वर्षाका कारण विराटनगर डुवानमा

लगातारको अविरल वर्षाले पूर्वी तराईका विभिन्न स्थानहरू जलमग्न भएका छन्।

मंगलबार बिहानैदेखि परेको वर्षाका कारण विराटनगरका विभिन्न स्थानहरु डुवानमा परेको हो।

वर्षाका कारण प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरका विभिन्न क्षेत्र यतिबेला जलमग्न परेको छ। बाटो र बजार क्षेत्र डुवानमा पर्दा स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ।

भारी बर्षासँगै विराटनगरको जनजीवन अस्तव्यस्त बन्दै गएको छ। विराटनगरका विभिन्न क्षेत्रमा यतिबेला सडकबाटै भल बगेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जिल्लाका अधिकांश खोलानालामा पानीको वहाव बढेको छ। प्रहरीले स्थानीयहरुलाई सतर्क रहन आग्रह गरिरहेको छ।

उचित ढल निकासको व्यवस्थापन नहुँदा सधैं विराटनगर डुवानमा पर्ने गरेको स्थानीयको गुनासो छ।

वर्षाका कारण विराटनगरका विभिन्न सडक अवरुद्ध बनेको छ। बाटोबाटै भेल बगेपछि बाटो अवरुद्ध भएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2022-06-28 11:48:00

प्रतिकृया दिनुहोस्