बिएल संवाददाता
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा मृत्यु भएकाकाे परिवारले आफ्नाे माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन्।
बिहीबार त्रिवि शिक्षण अस्पताल पुगेका एयरलाइन्सका प्रतिनिधिसँगको छलफलमा मृतकका परिवारले आफ्नाे माग पूरा नभएसम्म शव नबुझ्ने बताएका हुन्।
उनीहरूले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने, सन्तानका लागि उच्च शिक्षाकाे व्यवस्था गर्नुपर्नेलगायतकाे माग राखेका छन्। साथै उनीहरूले यसका लागि कम्पनीले आफूहरूसँग लिखित सम्झौता गर्नुपर्ने माग गरेका छन्।
बुधबार बिहान ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उडेकाे सौर्य एयरलाइन्सकाे ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।
दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियाे भने पाइलट मनिष शाक्यको जीवितै उद्धार गरिएकाे थियाे। उनकाे काठमाडौँ मेडिकल कलेजमा उपचारका भइरहेकाे छ।
मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम र पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। केहीको पोस्टमार्टम सुरु भएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया