'अमेरिकासँग लेनादेना हुन्छ, तर चीनविरुद्ध गतिविधि हुन दिनु आत्मघाती हाे'

शिलापत्र

याेगेश ढकाल

नेपाल यतिबेला शक्तिराष्ट्रको तानातानमा परिरहेको छ, जसले गर्दा एउटा देशको बढ्ता संलग्नताकै कारण अर्को देशसँगको सम्बन्धमा चिसोपना आउने वा अर्को देशले प्रतिक्रिया जनाउन थालेका छन् । दोस्रो शीतयुद्धको सुरुवाती कालखण्डमा नेपाल शक्तिराष्ट्रको क्रीडास्थल बन्न सक्छ भन्ने विश्लेषण कूटनीतिज्ञहरूले गरिरहेका छन् । अझ अमेरिकी सहायता परियोजना एमसीसी संसद्‌बाट अनुमोदन भएपछि अमेरिकासँग नेपालको बढ्दो संलग्नताले पनि काठमाडौंमा कूटनीतिक बहस तातिएको छ । एमसीसी अनुमोदनका लागि पर्दापछाडि विशेष भूमिका निर्वाह गरेका अर्जुनबहादुर थापाले परराष्ट्र मन्त्रालयमा लामो समय बिताएका थिए । उनी सार्कको महासचिवसमेत भइसकेका थापासँग शिलापत्रकर्मी योगेश ढकालले गरेको कुराकानीको सम्पादित अंश: 

नेपालमा अमेरिकाको आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (कम्प्याक्ट) १५ फागुनमा संसद्‌बाट अनुमोदन भएपछि अमेरिकीहरूको नेपाल भ्रमण बाक्लो भइरहेको छ । यी भ्रमणहरू कूटनीतिक रूपमा कति अर्थपूर्ण छन् ?

प्रकाशित मिति: : 2022-06-28 12:59:00

प्रतिकृया दिनुहोस्