विश्वकै अग्लो त्रिशूल भएको धारापानी मन्दिर (फाेटाे फिचर)

दाङको घोराही उपमहानगरपालिका वडा नं– ५ धारापानीमा पाण्डवेश्वर महावदेव मन्दिर छ। जसलाई धारापानी मन्दिरका रुपले पनि चिनिन्छ। यस मन्दिर परिसरमा विश्वकै अग्ला त्रिशूल रहेको छ।

त्रिशूलको उचाई ५५.५ फिट, गोलाई ४४ इन्च रहेको छ। घोराहीबजारबाट झण्डै आधा घण्टा दक्षिण तर्फ सवारीसधानको यात्रापछि यस मन्दिरमा पुगिन्छ। बबई नदीको पार गरेर चुरे पहाडको काखमा छ माण्डवेश्वर मन्दिर।

दाङको धार्मीक पर्यटकीय स्थल मध्येको एक महत्वपूर्ण मन्दिर हो, यो। यहाँ दैनिक दर्शनार्थीहरु आउने गर्छन। दाङ घुम्न आउने जो कोहि पनि यस मन्दिरमा नपुगेर सायदै फर्किन्छन् होला। भारत लगायत तेस्रो मुलुकबाटसमेत यस मन्दिरमा आउने गर्छन।

मन्दिर परिसरमा अवलोकन गर्नका लागि निकै आकर्षक मुर्तीहरु रहेका छन्।

यहाँ शिव देवादिदेव रहेको विश्वास गरिन्छ। आज भन्दा २०० वर्ष पहिला एउटा साजको रुख दिनभर काट्दा समेत नकाटिएपछि अर्को दिन जाँदा काटेको घाउ पुरिएर जस्ताको त्यस्तै देखेपछि सबै अचम्मित भएको भन्ने पाइन्छ।

त्यसपछि यहाँ शिवलिंग र सानो गहिरो जलकुण्ड फेला परेको भनाइ छ। हाल पाण्डवेश्वर मन्दिरकोबीच भागमा दिव्य शिवलिंग रहेको छ। पाण्डवेश्वर मन्दिरभित्र रहेको दिव्य शिवलिंग पाँच हजार वर्ष अघिको भएको अनुमान गरिन्छ।

शिव देवादिदेव हुनु भएकोले यस क्षेत्रमा सबै देवि देवताहरु र गंगाजीहरु आई बास गरेका हुन्छन् भन्ने भनाइ छ।

प्रकाशित मिति: : 2022-07-03 06:41:00

प्रतिकृया दिनुहोस्