बढ्दो चिकित्सकीय लापरवाही, कसरी बनाउने जवाफदेही?

अनेकन् प्रतिकूलता र अभावबीच चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तर त्यसले लापरवाहीलाई जायज ठहर्‍याउन सक्दैन। यसलाई तोड्ने एउटै उपाय हो- चिकित्सकको जवाफदेही।

हिमाल खबर

शालिनी झुनझुनवाला

सामान्यतः चिकित्सकीय लापरवाही भन्नाले चिकित्सा क्षेत्रले बिरामीप्रतिको दायित्व पूरा नगर्नु हो। नेपालमा पनि यस्ता धेरै घटना भइरहेका छन्। चिकित्सकीय लापरवाही पुष्टि हुन निश्चित आधार हुनुपर्छ।

चिकित्सक (स्वास्थ्यकर्मी)-बिरामी सम्बन्ध, स्वास्थ्यकर्मीले दायित्व पूरा गरे/नगरेको वा उसको कामबाट बिरामीलाई हानि-नोक्सानी भए/नभएको प्रमाण नै चिकित्सकीय लापरवाही जाँच्ने कसी हुन्।

धेरै देशमा चिकित्सकीय लापरवाहीलाई देवानी अपराध मानिन्छ। सामान्यतः लापरवाहीको क्षतिपूर्ति पैसाले गरिन्छ। लोक कानूनी विधिशास्त्रले चिकित्सकीय लापरवाहीलाई दुष्कृति कानून अन्तर्गत राखेको छ, मलेशिया लगायत देशमा जस्तै। केही देशमा भने यस्ता गलत अभ्यासमा विशेष कानूनी व्यवस्था सहित कारबाही गरिन्छ। चिकित्सकीय लापरवाही वा गलत अभ्यास कहिलेकाहीं फौजदारी अपराध पनि मानिन सक्छ। त्यस्ता घटनालाई सम्बन्धित देशको फौजदारी कानून अन्तर्गत हेरिन्छ।

नेपालको कानूनले ‘चिकित्सकीय लापरवाही’ को प्रष्ट परिभाषा गरेको छैन। स्वास्थ्य सेवाको कुनै पनि पक्षबाट ‘सेवामा कमी’ हुँदा बिरामीले भोग्नुपरेको हानि-नोक्सानी सम्बन्धी उजुरी उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत हेरी क्षतिपूर्ति दिइँदै आएको छ।
 

प्रकाशित मिति: : 2022-07-05 15:39:00

प्रतिकृया दिनुहोस्