पूर्व मिस वल्र्ड र अभिनेत्री मानुषी छिल्लरले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘सम्राट पृथ्वीराज’बाट बलिउडमा पाइला चालिन्।
यो फिल्म गत महिना अर्थात जुन ३ मा रिलिज भयो।मानुषीको यो पहिलो फिल्मले बक्सअफिसमा फ्लप साबित भयो तर, मानुषीका लागि यो फिल्मले राम्रै ढोका खोलिदियो।
यो फिल्मपछि मानुषीले अन्य दुई फिल्ममा अभिनयको लागि हस्ताक्षर गरिसकेकी छन्।उनको हालै मात्र तेस्रो फिल्ममा आफूलाई अनुबन्धित गरेकी छन्।यो फिल्मको सुटिङ युरोपमा हुनेछ।
यद्यपि, फिल्मलाई लिएर अन्य विस्तृत जानकारी खुलाइएको छैन।मानुषीले यो फिल्ममा ‘सम्राट पृथ्वीराज’ रिलिजको केही दिनपछि नै हस्ताक्षर गरेकी थिइन्।
मानुषी चाँडै नै अभिनेता विक्की कौशलका साथ नयाँ फिल्ममा देखिँदैछिन्।यद्यपि, यो फिल्मको आधिकारिक घोषणा गरिएको छैन। फिल्मको निर्माण यशराज फिल्मस्ले गर्नेछ।