संगीतकार मोन्टी नोर्म्यानको निधन

Photo– Theguardian

हलिउडको चर्चित जेम्स बोन्ड सिरिजको सिनेमाको परिचयात्मक धुन अर्थात् सिग्नेचर ट्युनका कम्पोजर तथा संगीतकार मोन्टी नोर्म्यानको निधन भएको छ। उनकाे ९४ वर्षको उमेरमा सोमबार लन्डनमा निधन भएको हाे।

सन् १९२८ ४ अप्रिलमा बेलायतको लन्डनमा जन्मिएका संगीतकार नोर्म्यान लामो समयदेखि अज्ञात रोगकाे कारण गम्भीर बिरामी थिए।

१६ वर्षको उमेरदेखि गितार बजाउन सुरू गरेका नोर्म्यानले हाँस्य–कलाकार बेनी हिलका टेली कार्यक्रममा संगीत दिएर सुरू गरेका थिए।

बेलायतका प्रख्यात गायकद्वय क्लिफ रिचर्ड र टमी स्टिलका गीतहरूमा पनि सङ्गीत सृजना गरिसकेका नोर्म्यानलाइ सर्वप्रथम निर्माता अल्बर्ट ब्रोकोलीले प्रथम जेम्स बोन्ड सिनेमा 'डाक्टर नो' (१९६२) को शीर्षककाे गीत अर्थात् थिमसँगको संगीत गर्न लगाएका थिए।

यो गित कालान्तरमा यति प्रसिद्ध भयो कि त्यसपछिका सबै जेम्स बोन्ड सिनेमाहरूमा यसलाई समावेस गरिएको छ।

प्रकाशित मिति: : 2022-07-13 07:21:00

प्रतिकृया दिनुहोस्