गायक प्रकाश सपुत अहिले सांगीतिक कार्यक्रमकाे लागि युराेप भ्रमणमा छन्। करिब एकहप्ताअघि युराेप पुगेका सपुत त्यहाँका विभिन्न देशका सांगीतिक कार्यक्रम व्यस्त छन्।
बेल्जियम, पाेर्चुगल, माल्टा, पाेल्याण्डलगायतका देशमा उनका कार्यकमहरू छन्। सामाजिक सञ्जालमा सक्रिय मानिने उनले त्यहाँ पुगेर पनि सामाजिक सञ्जालमा तस्बिरहरू पाेष्ट गरिरहेका छन्। ती तस्बिरहरूमा उनी रमाइरहेका देखिन्छन्। उनले बिहीबार युराेप भ्रमणकाे अन्तिम कार्यकम बेल्जियममा गरेका छन्। साेही क्रममा उनले दर्शककाे निक्कै राम्राे साथ पाएका थिए।
हेर्नुहाेस् तस्बिरहरू: