टाइटेनिक (१९९७), द ओमेन (१९७६) र टाइम एफ़्टर टाइम (१९७९) जस्ता सुपरहिट सिनेमालगायत थुप्रै सिनेमाका अभिनेता डेबिड वार्नरकाे निधन भएकाे छ।
उत्कृष्ट अभिनय गरेर दर्शकहरुको मन मस्तिष्कमा छुट्टै छाप छोड्न सफल अभिनेता वार्नरको आइतबार (२४ जुलाई २२) को दिन क्यान्सरको रोगको कारण नर्थउड, बेलायतमा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
२९ जुलाई १९४१को दिन म्यानचेस्टर, बेलायतमा जन्मेका अभिनेता वार्नरले नाटक र तेली सिरियल हुँदै सिनेमामा अभिनय गर्न थालेका थिए। आफ्नो ससक्त अभिनयको कारण बाफ्टा अवार्ड, यमी अवार्डजस्ता प्रतिसठित अवार्ड जित्न सफल अभिनेता वार्नरद्वारा अभिनित अन्य केही सिनेमाहरुमा स्किम टु (१९९७), द थर्टी नां स्टेप्स (अ९९७), नेकेड सोल्स (१९९६) आदि छन्।