‘नेपाली भाषा त बिर्सनु हुन्‍न’ बोलको गीतमा देशप्रेम

नेपाली भाषा त बिर्सनु हुन्न’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। सिक्किमका पूर्व मुख्यमन्त्री डा पावन चाम्लिङको उपस्थितिमा भिडियो रिलिज गरिएको हो। 

अमेरिकाको ओहायो राज्यको एक्रोन सिटीमा नेपाली बालबालिका र नेपाली समुदायको बीच परिचित हिमालय म्युजिक एकेडेमीको प्रस्तुतीमा तयार भएको गीतले नेपालबाट जो कोही नेपाली जति टाढा गए पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नहुने सन्देश सार्वजनिक गीतले दिएको छ। 

बाल गायक अमिर गजमेरको स्वर रहेको गीतमा अमिरलाई रिया थुम्बापो, कृसोन घतानी, प्रिस्किला शंकरले स्वरमा साथ दिएका छन्। आइतराज थुम्बापोको शब्द सृजना तथा संगीत रहेको गीतमा किशोर थापाको मिक्सिङ एण्ड मास्टरिङ रहेको छ भने पुष्प गजमेरको संगीत संयोजन छ। रमेश दियालीको डेब्यू निर्देशन रहेको भिडियोको छायांकन सुरेन्द्रमान सिंहले गरेका हुन्।

 

प्रकाशित मिति: : 2022-08-01 15:43:00

प्रतिकृया दिनुहोस्