उदयपुरको कटारीमा बस दुर्घटना, १२ जना घाइते 

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका-४ मरुवामा बस दुर्घटना भएको हो।

सोलुखुम्बुको सल्लेरीबाट विराटनगरका आएको बा ३ ख २९५६ नम्बरको यात्रु बाहक बस आइतबार दिउँसो २ः३० बजे अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बस चालक मोरङको विराटनगर महानगरपालिका-११ का ३० वर्षीय सरोज कुमार झा, रंगेली नगरपालिका–७ का ६० वर्षीय खड्क बहादुर भुजेल, कानेपोखरी नरपालिका–७ की ६० वर्षीया गंगादेवी भुजेल र सोही पालिकाकी ३६ वर्षीय धनमाया भुजेल घाइते भएका छन्।

यस्तै ओखलढुङगा सिद्दिचरण नगरपालिका–१ का ५० वर्षीय टेकराज कोइराला, सोही पालिकाका ३२ वर्षीय युवराज कोइराला, ३८ वर्षीय यादव कुमार दाहाल, ओखलढुङगाको मोलुङ गाउँपालिका–२ रामपुर का ३३ वर्षीय तेजप्रसाद नेपाल घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक मोहन थापाका अनुसार पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेल, उदयपुर कटारी नगरपालिका ४ का ३२ वर्षीय तेज कुमार राई, खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का २५ वर्षीय संजिव राउत र सिन्धुली फिकल गाउपालिका–४ का ७० वर्षीय जितबहादुर बिसुङ्खे घाइते भएका छन्।

बस दुर्घटनामा घाइते भएकामध्ये पाँचथरको फिदिम नगरपालिका–५ का २४ वर्षीय भुपेन्द्र पोखरेलको अवस्था गम्भीर रहेको छ। 

घाइतेहरुलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-01 18:08:00

प्रतिकृया दिनुहोस्