नेपाली मोडलिङ क्षेत्रको प्रवर्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन १’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले बताए। उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला प्रमुख विजेताका साथमा फस्ट र सेकेण्ड रनरअपको घोषणा गरिनेछ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा ८ पुरुष र १५ महिला मोडलले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा पुरुषतर्फ ब्रबिन योञ्जन, जेम्स सुन्दास, दिपेन्द्र सोनाम, सागर बस्नेत, केबिन कार्की, शारदा बीर चन्द्र र विदान्त रञ्जितबीच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी महिलातर्फ सीमा गुरुङ, सीमा श्रेष्ठ, रत्ना देवी, प्रतीमा पाण्डे, गीता शाही ठकुरी, स्वती यादव, सरगम श्रेष्ठ, अंकी, श्रेष्ठ, सुष्मिता महर्जन, सुष्मिता बराल, अमिशा सुवेदी, निशा खजुरेल र सविना बस्नेतबीच प्रतिस्पर्धा हुनेछ।
अन्तिम प्रतिस्पर्धाबाट फोटोग्राफर राजभाइ सुवाल, कोरियोग्राफर जयन सुब्बा मानन्धर, अभिनेत्री सञ्चिता लुईंटेल, इभेन्ट अर्गनाइजर विशाल गुरुङ, मोडल दीपक घिमिरेको निर्णायक मण्डलले विजेताको चयन गर्नेछन्। ऋता कटेलले होस्ट गर्ने प्रतियोगिामा अन्य उपउपाधि विजेताको घोषणा समेत गरिनेछ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाबाट उपाधि चुम्नका लागि प्रतियोगिहरु केही साता यता विभिन्न विधाको प्रशिक्षण र तालिममा व्यस्त रहेका छन्। मोडलिङ क्षेत्रका विभिन्न विधामा भविष्य निर्माण गर्न चाहनेहरुका लागि यो प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजक आदर्श शर्माको भनाई छ।