असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड

Breaknlinks
Breaknlinks

आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ। विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ।

काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा आवेदन दिन सकिने बताइएको छ।

आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदम रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्यांकन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ।

काठमाडौंवाहिरका सहभागीले पनि गीतको क्लिप पठाएर सहभागिता जनाउन सक्ने उनले रोकायाले बताए। आवदेन शुल्क भने इसेवा वा मोबाइल बैकिङबाट पठाउन सकिनेछ। कर्णाली कलाकार समाजले स्थानीय कला संस्कृतिको प्रवर्द्धनका लागि वेलावेलामा सांस्कृतिक महोत्सव पनि आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: : 2022-08-04 16:07:00

प्रतिकृया दिनुहोस्