प्रधानमन्त्री, मन्त्री र कर्मचारीमा सुधार कहिले ?

राजधानी दैनिक

सागर पण्डित

राजनीतिक नेतृत्वबाट छानिएर सरकारको नेतृत्व गर्न आएका प्रधानमन्त्री तथा मन्त्रीले बोली र व्यवहारमा ठ्याक्कै उल्टो चरित्र देखाउँदै आएका छन् । बाहिर बोलीमा सुशासनको कुरा गर्ने तर व्यवहारमा ठीक उल्टो गर्ने प्रवृत्तिका कारण मन्त्रीहरू असफल हुँदै आएका छन् ।

यसैका कारण सिंगो देश पनि असफल हुन्छ कि भन्ने चिन्ता बढेको छ । सर्वसाधारण जनता दिनप्रतिदिन गास, बास, कपास, स्वास्थ्य, शिक्षाको अभावमा तड्पिरहनुपरेको छ ।

गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवसँग गरेको छलफल कार्यक्रममा हाम्रा अधिकांश मन्त्रीहरूले सुशासन’ चर्काचर्का कुरा गरे । मन्त्रीहरूको सुशासनको चर्को भाषण सुनेर सचिव दंग परे । किनकि मन्त्रीले मन्त्रालयमा गर्ने काम र छलफलमा बोल्ने भाषणमा सचिवले आनकातानको फरक देखेका थिए । यसरी हाम्रो राजनीतिक नेतृत्वले जे बोल्छन् त्यो गर्दैनन् र जे गर्छन् त्यो बोल्दैनन् भन्ने कुराको पुष्टि मन्त्रीहरूको व्यवहार र कार्यशैलीबाट नै देखिन्छ ।

प्रकाशित मिति: : 2022-08-05 15:04:00

प्रतिकृया दिनुहोस्