अनलाइन अफरमा लोभ्याएर ठगियो १२ करोड, उपहार र चिट्ठा ठगीको सजिलो हतियार

उकेरा

प्रजु पन्त

असार ३० गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे काभ्रेका एक युवक।  इन्स्ट्राग्राममा उनले चिनिराखेकै व्यक्तिले उनलाई ९० हजार लगानी गर्दा ३ दिनमा ४ लाख ८० हजार कसरी आयो भनेर भिडियो बनाएका थिए। ३  दिनमा त्यत्ति धेरै पैसा कमाएको देखेपछि ती युवक लोभिए। लगत्तै उनले भिडियो बनाएर हालेका दाइसँग सम्पर्क गरे। ती दाइले कुनै एउटा युवतीको इन्स्टा आइडी दिए। युवक र ती युवतिबिच कुराकानी हुन थाल्यो।

युवकले सुरुवातमा १० हजार लगानी गर्ने बताए। ती युवतीले १० हजार खल्तीबाट पठाइदिन भनिन्। खुसी हुँदै युवकले पठाए पनि। १०  हजार लगानी गर्दा ९८ हजार केही दिनमा नै ती युवकलाई आउने बताइएको थियो। तीन दिन कट्यो पैसा आएन।

उनले किन पैसा आएन भनेर सोध्दा फेरि २ सय डलर हालिदिनु पर्ने बताए। त्यसपछि भने ती युवकलाई कतै ठगीमा त परिन भन्ने शङ्का लाग्यो। थप पैसा नपठाएर उनी उपत्यका कार्यालय पुगे। उपत्यका कार्यालयका डिएसपी एवं साइबर शाखाकी प्रमुख कोपिला चुडालका अनुसार अहिले यसको अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2022-08-07 16:44:00

प्रतिकृया दिनुहोस्