हलिउड अभिनेत्री रोसेना क्रिस्टियनसेनको निधन भएको समाचार प्राप्त भएको छ।
अभिनेत्री क्रिस्टियनसेनको निधन गत १४ जुलाईको दिन भएको भए पनि फ्यानहरुले होहल्ला गर्ने डरले यो समाचारलाई गोप्य राखिएको उनका पति स्टीवन रिजोले पत्रकारहरुलाई जानकारी दिएका छन्।
११ मार्च १९५१ को दिन न्युयोर्कमा जन्मेकी अभिनेत्री क्रिस्टियनसेन प्रख्यात प्राइम टाइम शो 'डल्लास' बाट चर्चित भएकी हुन्। उनले अभिनय गरेको अन्तिम प्रदर्शित सिनेमा "किड्ज्ज" हो, जो सन् २०१५ मा रिलिज भएको थियो।