पैसा र शक्तिकाे अघि पल–पल मरिरहेकी दुर्गा देवी (फाेटाे/भिडियाे)

मदन नेपाली

काठमाडौं

संगीतमा जादु हुन्छ, कलामा जादु हुन्छ, अनि शब्दमा जादु हुन्छ भन्ने कुरामा सायद कमै मात्रले दुईमत राख्छन्। अभिनयमा पनि जादु हुन्छ भन्ने कुराको शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘दुर्गा देवी’ नाटककी अभिनेत्री परी शाक्यले गरेको जोडदार अभिनयले प्रमाणित गरेको छ।

एउटा गाउँको गरीब घरको कथा हाे, दुर्गा देवी। समग्रमा नाटककै पात्रबाट राखिएको नाम हो, दुर्गा देवी। एउटा थकित नारीको कथा हो दुर्गा देवी, मुना त एकपटक मरेकी छिन यो नाटकमा तर दुर्गा देवी बारम्बार मरिरहेकी छन्।

कहिले गाउँ समाजदेखि मरिन्, कहिले आफन्तबाटै मरिन्, कहिले मिडिया/पत्रकारदेखि मरिन्, कहिले प्रहरी प्रशासनदेखि मरिन् त कहिले याद अनि कहिले प्राकृतिदेखि मरिन्।

सँगै खेलेको, कविता कोरेर सुनाउँदै गरेको, नयाँ कपडा लगाउँदा खुसी बाढेको यस्ता हरेक सम्झनाले मरिहन्छिन, दुर्गा देवी। समग्रमा यो थिएटर नाटकले, निर्मला पन्तजस्ता कयाैँ छोरीका आमा बुबाकाे वास्तविक कथामा जोड्दछ। पैसा र शक्तिको अघि गरीबको जीवन मरिरहेकाे कथा छ यसमा। अहिलेको यथार्थ परिस्थितिलाई समेटेर बनाइएकाे छ, याे नाटक। जसकाे आज २५ गते पहिलो सो मञ्चन भएकाे छ।

यो नाटक तयार गर्न तीन महिना बढी समय लागेकाे सोही नाटककी लेखक तथा निर्देशक सुनैना पन्थी बताउँछिन्। दुर्गा देवी पात्र बिल्डअप गर्न करिब एक महिना लागेको सोही नाटककी अभिनेत्री परी शाक्यले बताइन्।

प्रकाशित मिति: : 2022-08-10 22:15:00

प्रतिकृया दिनुहोस्