महिला सङ्घको अध्यक्षमा मिश्र नियुक्त

file photo
file photo

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षमा सिरहाका उषाकुमारी राउत मिश्र नियुक्त भएकी छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको गत चैत १५ गतेको बैठकको निर्णयअनुसार पार्टीको विधानबमोजिम उनलाई सङ्घको अध्यक्षमा बिहिबार नियुक्त गरिएको हो। 

सभापति देउवाले म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ सङ्घ महिला सङ्घको अध्यक्ष पदमा उनलाई नियुक्त गरेका कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2022-08-11 22:53:00

प्रतिकृया दिनुहोस्