स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

File photo
File photo

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि  धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन्।

जनकपुरधामस्थित निर्वाचन अयोगकाे प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन्।

थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए। बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन्।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए। स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतादाता नामावली बन्द गरिएको थियो। त्यसपछि गत १ असारदेखि पुन नयाँ मतादाता नामावली संकलन गरिएको थियो। 

अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतादाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय यदुकोहामा गरी तीन स्थानमा नामावली संकलन गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन्।

जिल्लामा १२ हजार १७ मतादाता सख्या थपिए पनि कुल मतादाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए।

प्रकाशित मिति: : 2022-08-12 14:39:00

प्रतिकृया दिनुहोस्