कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दै छ। समितिको बैठक आज बिहान पार्टी  केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बोलाइएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने अभियान, साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको प्रशिक्षणको विषयमासमेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति: : 2022-08-13 09:03:00

प्रतिकृया दिनुहोस्