अन्तत: बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्हमा निर्वाचन लड्न तयार 

File Photo
File Photo

नेपाल समाजवादी पार्टीका नेताहरुले माओवादी केन्द्रको चुनाव चिन्हमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।

आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएकाे भेटमा एउटै चुनाव चिन्ह लिएर आगामी निर्वाचन लड्ने सहमति भएको हाे।

नेपाल समाजवादी पार्टीकाे आँखा चुनाव चिन्ह नयाँ भएकाे भन्दै माओवादीकै चुनाव चिह्न लिएर लड्ने सहमति भएकाे एक नेताले बताए। दुई दलकाे एउटै चुनाव चिन्ह माओवादीको 'गोलाकारभित्रको हँसिया हथौडा' हुनेछ।

यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको नेताहरूले बताएका छन्।

दुई दलका शीर्ष नेताहरुबीच यसअघि पनि गठबन्धनका विषयमा पटकपटक छलफल भएको थियाे। 

प्रकाशित मिति: : 2022-08-14 13:57:00

प्रतिकृया दिनुहोस्