पूर्वमन्त्री तथा माओवादी केन्द्रीय सदस्य रामसिंह यादव एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादवसहित सो पार्टीका ३५ जना विभिन्न कमिटीमा क्रियाशील अगुवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्ने माओवादी केन्द्रका कार्यकर्ताहरूमा शिवकुमार कापर (मधेश प्रदेश कमिटी सदस्य), सकलदेव रजक (मधेश प्रदेश कमिटी सदस्य), धनुषा जिल्ला कमिटी सदस्यहरू फुलसिंह यादव, भोला यादव, रामबाबु राय, सोनफी साह, श्रीनारायण कुुँवर, रामभिखारी रायलगायत छन्।

उनीहरूसँगै समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिल कुमार घिमिरे पनि एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य गोपाल भण्डारी र सोही पार्टीका टङ्कप्रसाद काफ्ले र मञ्जु भण्डारी पनि एमालेमा प्रवेश गरेकी छन्।

माओवादी केन्द्र धनुषाका नगर कमिटीका सदस्यहरू भरत यादव, राजिवकुमार राय, रोशन मुख्या, जगदीश मुख्या, रामकुमार यादव, देवनारायण पासवान, सरयुग यादव, जनकु अधिकारी, रामएकवाल कुँवर, धनपैत साह पनि प्रवेश गरेका छन्।

त्यस्तै, वाइसीएल र स्थानीय तहका कार्यकर्ताहरू जनार्दन प्रसाद उपाध्या, अजय यादव, सनिसा थापा, नितेश मिश्र, कोमद कापर, रामअधार ठाकुर, रानेशकुमार भगत, माधव न्यौपाने, भरतकुमार भण्डल, धर्म सुनार, लक्षमन राई, श्याम राय, प्रितम ठाकुर, मदन ठाकुर, रामदेव राई र जयराम ठाकुर पनि एमालेमा प्रवेश गरेका हुन्।

एमाले प्रवेश गर्दै पूर्व राज्यमन्त्री यादवले केपी शर्मा ओली नेतृत्वको अघिल्लाे सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताएका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार विकास र समृद्धिको बाधक भएकाले आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्।

यादवसहितकाे समूहलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र उचित जिम्मेवारी दिने जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-08-14 16:11:00

प्रतिकृया दिनुहोस्