साउनको अन्तिम सोमबार : पशुपतिमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

Photo-NK
Photo-NK

साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ।

पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ।

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

जसकारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थियो। यस वर्षको साउनको आज अन्तिम सोमबार हो।

साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

प्रकाशित मिति: : 2022-08-15 11:08:00

प्रतिकृया दिनुहोस्