बिजुली अभाव हुने समस्याको दीर्घकालीन समाधान खाेजिरहेका छाैं : मेयर कठायत

चन्दननाथ नगरपालिका-१ मा निर्माण सम्पन्न भइ बत्ती बलेकाे ठिन्के जलविद्युत आयाेजना १३ महिनादेखि बन्द छ।

विद्युत्को नहर मुनितिर रहेकाे माझकुलाे बनाउँदा डाेजर प्रयाेग भएपछि कमजाेर बनेकाे जमिन बर्खाकाे पानीले जमिन भासिँदा नहर भत्किएको साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष  विष्णुबहादुर बुढथापाले बताए।

'जुम्लामा उत्पादन भएकाे दुई सय किलाेवाटकाे बिजुलीले बजारलाई नपुग्ने भएपछि एक सय किलाेवाटकाे ठिन्के जलविद्युत निर्माणकाे कार्य थलिएकाे थियाे,' उनले भने, 'विद्युत् नबले कुला भएपनि बनाउँला भन्ने हिसाबले काम सुरु गरिएकाे थियाे।'

प्रदेश सरकारकाे बजेटमा डिभिजन सिंचाई कार्यालयमार्फत माझकुलाे निर्माण भएकाे थियाे। प्रदेशकै बजेटबाट ठिन्के जलविद्युत आयाेजनाकाे नहर मर्मत गर्ने भनिएपनि बजेटकाे व्यवस्था नहुँदा निर्माण सम्पन्न भइसकेकाे आयाेजनाबाट उपभोक्ताले लाभ लिन सकेका छैनन्।

राष्ट्रिय प्रसारण लाइन पुगेकाे जुम्लामा बत्ती अनियमित हुँदा उपभोक्ताले बिजुली उपभाेग गर्न पाएका छैनन्। जुम्ला पुगेकाे राष्ट्रिय प्रसारण लाइनकाे बिजुली एक दिन आयाे भने दुई दिन बिग्रन्छ।

नगरमा बिजुली अभावले बिजाेग पारेपछि वैकल्पिक व्यवस्थापन गर्न साना आयाेजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेड्ने तयारी गरेकाे मेय राजुसिंह कठायतले बताए।

'गिडीखाेलामा निर्माण भएकाे दुई सय किलाेवाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जाेड्ने सम्झाैता भइसकेकाे छ,' उनले भने, 'अरु सबै ठाउँबाट उत्पादन भएका साना जलविद्युत आयाेजनाकाे बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जाेडेर विद्युत् समस्याकाे समाधान गर्न सकिन्छ कस भन्ने साेचेका छाैं।'

तत्काललाई बिजुलीको समस्या समाधान गर्नलाई बिग्रेका आयाेजना मर्मतसम्भारकाे तयराी गरिरहेकाे उनले बताए।

यसैबीच मेयर राजुुसिंह कठायतले एक सय किलाेवाटकाे ठिन्के जलविद्युत आयाेजनाकाे नहर भत्किएको ठाउँ खरुकाेटमा स्थलगत अनुगमन गरि तत्काल मर्मतकाे व्यवस्था मिलाएका छन्।

नगरक करिब सात सय सय बढी ग्राहक भएकाे विद्युत १३ महिनादेखि अबरुद्ध भएपछि तत्काल मर्मत संहारकाे काम अगाडि बढाउन लागिएकाे उनले बताए।

'भदाै ५ गतेसम्म भत्किएको नहर निर्माकाे लागि लागत स्टेटमेन्ट तयार गर्न प्राविधिक खटाइससकेकाे छु,' उनले भने, 'तलबाट ग्याविन प्राेटेक्सन गर्ने र माथी आरसीसी गरि विद्युत गृहसम्म पानी पुगेपछि बिजुली उत्पादन भइ समस्या समाधान हुनेछ।'

करिब २५ मिटर जति नहरकाे भाग भत्किँदा पानी पास हुन सकेको छैन। त्यति नै उचाईमा ग्याबिन प्राेटेक्सन गरेर नहरमा आरसीसी गरेपछि मात्रै बिजुली बल्ने चन्दननाथ नगरपालिका वडा नम्बर १ का अध्यक्ष तिलक प्रसाद न्याैपानेले बताए।

कर्णाली राेजगारअन्तर्गत खण्ड खण्डमा भएकाे जलविद्युत् आयाेजना अघिल्लो वर्ष असाेजमा निर्माण सम्पन्न भएकाे थियाे। दुई कराेड ५५ लाख वैकल्पिक उर्जा लगानी गरेपछि मेसिन, ताल र पाेल खरिदकाे गरिएकाे अध्यक्ष बुढथापाले बताए।

विद्युत आयाेजना निर्माणकाे काम सुरु भएपछि वडा नम्बर एकमा तीन वर्ष धान नराेपिएकाे स्थानीय अमृत आचार्यले बताए।

'हामीले यतिका समय धान राेपेनाैं। बत्ती बाल्न पाउने आशमा स्थानीयले श्रमदान पनि गरे,' उनले भने, 'निर्माण सम्पन्न भइसकेपछि १३ महिना यता बत्ती बाल्न नपाउनु बिडम्बना हाे।'

स्थानीय स्तरमा ठूला आयाेजना निर्माण र बढी केभीकाे राष्ट्रिय प्रसारण लाइन नभई जुम्लामा बिजुलीकाे समस्या दिर्घकालीन रुपमा समाधान नहुने मेयर कठायतले बताए।

'मैले केही दिन अगाडि काठमाडौंमा गएर विद्युत प्राधिकरणका डेपुटी डाइरेक्टर सापलाई भेटेकाे थिए। उहाँले जतिसक्दो चाँडाे जुम्लाकाे समस्या समाधान गर्ने वचन दिनु भएको छ,' उनले थपे।

प्रकाशित मिति: : 2022-08-15 15:33:00

प्रतिकृया दिनुहोस्