पूर्व उपराष्ट्रपति परमानन्द झाको ‘मधेशको माटो म’ लोककार्पण

file photo
file photo

पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोककार्पण गरिएको छ।उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार आयोजित कार्यक्रममा उपराष्ट्रपति कार्यालयमा सो पुस्तक लोकार्पण गरेका हुन्।  

कार्यक्रममा पराष्ट्रपति पुनले गणतन्त्रको प्रथम उपहार मधेशकै माटोले पाएको भन्दै गणतन्त्रपछि मधेशको माटोले राष्ट्रपति र उपराष्ट्रपति उपहार पाएको बताए। 

सर्वोच्च अदालतका पूर्व न्यायाधीशद्वय गिरिशचन्द्रलाल र शारदा श्रेष्ठले मधेश पनि देशभित्रकै अंग भएकोले राज्यले समान ढंगले व्यवहार गर्नुपर्नेमा जोड दिए। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले भावनाका तरंगहरू मधेशको भावनामै मात्र भएको त्यो भाव उम्लन नदिन राज्यले गर्नुपर्ने कर्तव्यहरू धेरै भएको बताए। 

पुस्तकको समीक्षा गर्दै समीक्षक उद्धवप्रसाद भट्राईले लेखक झाले लेखेको पुस्तकले आफू जन्मेको माटोको सगौरव व्याख्या गरेको र माटो प्रेमको पुस्तक भएको बताए। 

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता डाक्टर सुरेन्द्रकुमार झाले संविधानमा बहुल पक्षलाई प्रधानता दिएको भए पनि व्यवहारमा त्यस्तो नभएकोले नै मधेशका धेरै मुद्दा अझै नसकिएको बताए। 

पूर्व उपराष्ट्रपति परमानन्द झाले आफूले जीवनमा भोगेको धेरै घटना पुस्तकमा आए पनि अझै धेरै कुरा छुटेको बताए। 

प्रकाशित मिति: : 2022-08-17 15:56:00

प्रतिकृया दिनुहोस्