पत्रकार बस्नेतको गीत यादहरु सार्वजनिक :(भिडियोसहित)

पत्रकार टीका बस्नेतले आफ्ना यादहरु सार्वजनिक गरेका छन्।

दाङको घोराहीमा रहेर डेढ दशकदेखि पत्रकारिता गरिरहेका बस्नेले शुक्रबार ‘तिम्रा यादहरुले’ गीत सार्वजनिक गरेका हुन । बुढा सुब्बा डिजिटलबाट सार्वजनिक बस्नेतको गीतमा करुणा ओलीको स्वर रहेको छ। 

मेचीकाली अनलाइनका प्रधान सम्पादक बस्नेतको शब्द रचना रहेको गीतमा गायक एवं संगीतकार विपिन घिमिरेको संगीत रहेको छ।

फिल रेकर्डिङ स्टुडियोमा तयार पारिएको गीतको संगीत संयोजन विनोद भुजेलले गरेका हुन। देवराज आचार्यले निर्देशन गरेको गीतमा कलाकार देवराज आचार्य, कल्पना र मिनाक्षीलाई देख्न सकिन्छ।

प्रकाशित मिति: : 2022-08-20 15:09:00

प्रतिकृया दिनुहोस्