अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वर प्लाजाको संरचना (फोटोफिचर)

Breaknlinks
Breaknlinks

काठमाडौं महानगरपालिकाले अण्डरग्राउण्ड पार्किङ खुलाउन बानेश्वर प्लाजाको संरचना भत्काएको छ।

सोमबार नगर प्रहरीले नयाँ बानेश्वर चोकस्थित बानेश्वर प्लाजाको संरचना भत्काएको हाे।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त प्लाजाको संरचना भत्काइएको हो।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्‍यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै व्यापारीहरुलाई पसल हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो। तर व्यापारीहरुले अटेरी गरेपछि महानगरले संरचना भत्काउन सुरू गरेको हाे।

म्याद सकिएपछि साेमबार मेयर बालेन्द्र (बालेन) साह आफैं बानेश्वर क्षेत्रमा पुगेर अनुगमन गरेका हुन्।

प्रकाशित मिति: : 2022-08-22 13:40:00

प्रतिकृया दिनुहोस्