प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, चुनावी घोषणापत्रकाे विषयमा छलफल

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान हात्तिवनस्थित एक घरमा प्रचण्ड र नेपालबीच लामाे छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

भेटमा चुनावी घोषणापत्र, मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ।

छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको थियो।

यस्तै, आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभाको निर्वाचनका तयारीका बारेमासमेत त्यसअवसरमा छलफल भएको थियो। माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव मल्लले समसामयिक राजनीतिक विषयमा दुई शीर्ष नेताबीच कुराकानी भएको जानकारी दिए।

प्रकाशित मिति: : 2022-08-22 14:00:00

प्रतिकृया दिनुहोस्