माडी खोलामा गाडी खस्दा एक जना वेपत्ता

रोल्पाको माडी खोलामा बोलेरो जीप खस्दा एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा चालक नुवाकोट ककनी–३ का बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

रोल्पको माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ तर्फ आउदै गरेको बा ७ च ५००२ नम्बरको पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसेको हो।

प्रहरीले बेपत्ता व्यक्ति फेला पार्न नसकेपछि लिबाङस्थित बटुकदल गणबाट नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

दुर्घटना भएको गाडी सहिदमार्ग सडक आयोजनाका निर्माण व्यवसायीको भएको ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देबराज भट्टराईले बताए।

प्रकाशित मिति: : 2022-08-28 10:19:00

प्रतिकृया दिनुहोस्