अपडेट : अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी खुल्याे

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल सडक खण्ड एक तर्फी संञ्चालनमा आएको छ।

गएराति देखि परेकाे वर्षाका कारण अवरुद्ध सडक विहान ८ बजेबाट एक तर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरिक्षक दामाेदर मल्लले जानकारी दिए। सडक खण्डको तिनाउ गाउँपालिका ३ झुम्सा र सिद्धबाबा हेडबक्स नजिकै ढुंङगा सहितकाे पहिराे खस्दा सडक करिब ६ घण्टा अवरुद्ध भएकाे थियाे।

पहिराे पन्छाएर एक तर्फी सडक सञ्चालनमा अाएपछि राेकिएका सवारी साधन र यात्रु अा- अाफ्नाे गन्तव्यमा लागेका छन । सडक अवरुद्ध हुँदा गएराति दुई बजे देखि विहान ८ बजे सम्म सवारी र यात्रु बिच बाटाेमै राेकिनु परेकाे थियाे। वर्षायाममा साे सडक खण्डमा सामान्य वर्षा हुन साथ ढुंङगा सहितकाे पहिराे खस्ने समस्या रहेकाे छ। 

जसका कारण यात्रु समस्यामा पर्ने गरेका छन। साथै पाल्पा प्रहरीले साे सडक भएर यात्रा गर्दा सडककाे अवस्था बुझेर मात्र यात्रा गर्न यात्रु र सवारी चालकलाई अाग्रह गरेकाे छ ।

प्रकाशित मिति: : 2022-08-31 10:31:00

प्रतिकृया दिनुहोस्