सुदूरपश्चिमका मुख्यमन्त्रीले हटाए राज्यमन्त्री 

File photo
File photo

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई पदबाट हटाएका छन्।

उनले भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाएका हुन्। 

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेको हो। 

नेकपा एमालेमा प्रवेश गर्ने सूचना पाएपछि उनलाई मन्त्रीबाट हटाइएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-08-31 14:45:00

प्रतिकृया दिनुहोस्