लक्ष्यअनुसार बिजुली उत्पादनमा पीपीए नगर्ने सरकारी नीति नै बाधक

रातोपाटी

निकेश खत्री

आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्य प्राप्त नहुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको एक प्रतिवेदनले नै सरकारको लक्ष्य अनुसार विद्युत उत्पादन नहुने निष्कर्ष निकालेको हो ।

मन्त्रालयका सह–सचिव नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनले लक्ष्यअनुसारको बिजुली उत्पादन असम्भव रहेको देखाएको छ ।

मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत संयोजक रहको समितिले सरकारी लक्ष्य अनुसार विद्युत उत्पादन नुहने निष्कर्ष सहितको प्रतिवेदन मन्त्री पम्फा भुसाललाई बुझाएको छ ।

प्रकाशित मिति: : 2022-08-31 17:10:00

प्रतिकृया दिनुहोस्