भाद्र २४ गतेबाट 'द भ्वाइस अफ नेपाल सिजन ४'

File photo
File photo

'द भ्वाइ अफ नेपाल' सिजन ४ भाद्र २४ गतेबाट सुरु हुने भएको छ। 

उक्त रियालिटी सो हिमालय टेलिभिजनमा हरेक हप्ता शुक्रबार र शनिबार प्रसारण हुने छ।  

'द भ्वाइ अफ नेपाल'का निर्देशक लक्ष्मण पौडेल भन्छन्र 'यो भन्दा अघि गरेका ३ वटा शोलाई दर्शकहरुले निकै माया गर्नु भएको थियो। सिजन ४ लाई पनि त्यस्तै मन पराउनु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं।' 

सिजन ४ मा निर्णयको भूमिकामा भने प्रमोद खरेल ,राजु लामा,राजेस पायल राई ,र प्रबिशा अधिकारी रहेका छन्।

प्रकाशित मिति: : 2022-09-01 08:54:00

प्रतिकृया दिनुहोस्