सुमन सायमी हाम्रो नेपाली पार्टीको संयोजक हुँदै

File photo
File photo

'हाम्रो नेपाली पार्टी' ले चुनावी संयोजककाे रूपमा सुमन सायमीलाई ल्याउने भएको छ।

पार्टीले आज ललितपुरस्थिति हेरिटेज गार्डनमा दिउँसो २ बजे आयोजना गर्ने कार्यक्रममा सायमीलाई चुनावी संयोजककाे रूपमा राख्ने बताइएकाे छ।

सायमीलाई चुनावपछि पार्टी अध्यक्ष बनाउने सहमतिमा विधानमा नभएको पद संयोजक बनाउन लागिएकाे छ।

विवादस्पंद इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको पार्टीमा सायमी समावेश भएसँगै स्वतन्त्रता उम्मेदवारी अभियान विभाजन भएको छ।

सुमन सायमी 'हाम्रो नेपाली पार्टी' प्रवेश  गर्ने भएपछि स्वतन्त्र उम्मेदवारी अभियानका अगुवा दिनेश खनालले बालुवाटारमा बैठक बोलाएका छन्। 

'स्वतन्त्र अभियानलाई घात गरेर सुमन जी पार्टी प्रवेश गर्नुभयो' उनले भने, 'अब हामीले यसलाई अगाडि बढाउन गम्भीर छलफल गर्नेछाैँ।'

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ चुनाव चिन्ह्र 'लाैराे' घाेषणा गर्ने भएतापनि निर्वाचन आयोगमा २०७९ असार ३० गते नम्बर–१८८ मा 'हाम्रो नेपाली पार्टी' को चुनाव चिन्ह्र 'लौरो' भइसकेकाे  छ। उक्त पार्टीका अध्यक्षमा विवादस्पंद इन्जिनियर अनन्तराज घिमिरे छन्।

प्रकाशित मिति: : 2022-09-01 11:05:00

प्रतिकृया दिनुहोस्