जसपाका अध्यक्ष उपेन्द्र यादवसहित मोरङ–५ बाट ५ जनाको नाम सिफारिस

File Photo
File Photo

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–५ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम लागि सिफारिस भएका छन्।

उम्मेदवार सिफारिस समितिको बैठकले यादवलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरेको हो।

यादवसहित मोरङ –५ का लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको छ।

प्रदेश निर्वाचन क्षेत्र ५ (क) बाट प्रत्यक्ष उम्मेदवारमा पत्रालाल मण्डल, प्रमोद शर्मा, कमला साह र प्रकाश मण्डल गनगाईंको नाम सिफारिस भएको छ।

यस्तै प्रदेश (ख) मा स्वास्थ्यमन्त्री यादवसहित अमृत महतो, दिनेश साह, विनिता सिंह र मन्तलाल यादवको नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति: : 2022-09-03 12:23:00

प्रतिकृया दिनुहोस्