गाई काटेको आरोपमा १४ जना पक्राउ

File photo
File photo

रोल्पामा गाई काटेको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रुन्टिगढि गाउँपालिका–५ बाइजामा शुक्रबार साँझ गाई काट्दै गरेका ८ जना महिला र ६ जना पुरुषलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मधुसूदन बिश्वकर्माले जानकारी दिए।

गाई काटेको भन्ने खबर पाएलगत्तै घटना स्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई गौहत्या सम्बन्धी मुद्दामा जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2022-09-03 12:44:00

प्रतिकृया दिनुहोस्