महाभियोग सिफारिस समितिको बैठक बस्दै, कहिले सकिएला बयान?

File Photo
File Photo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो।

बिहबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो। समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थयो। महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने जानकारी।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन्।
प्रश्नहरु लामो भएकाले मसय लागको बताइएको छ।

तर जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाएका छन्।

प्रकाशित मिति: : 2022-09-04 08:08:00

प्रतिकृया दिनुहोस्