पाल्पा-१ मा एमालेका नेता आचार्य सिफारिस

पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नारायणप्रसाद आचार्य सिफारिस भएका छन्।

आचार्यको एकल नाम सिफारिस गरिएको नेकपा एमाले पार्टी जिल्ला सचिव रामजी पोखरेलले जानकारी दिए।

लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका आचार्य यसअघिको प्रदेशसभामा पाल्पा क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

जिल्लाको साविक रिङग्नेरह गाविस हाल पूर्वखोला गाउँपालिकाको रिङग्नेरहमा जन्मिएका आचार्यले एमाले पाल्पाको राजनीतिमा लोकप्रिय नेताको छवि बनाएका छन्।

एमाले पाल्पाको निर्वतमान जिल्ला अध्यक्षसमेत रहेका आचार्यले स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो निर्वाचन क्षेत्रको केही पालिकामा कांग्रेसको गड भत्काएर एमालेका उम्मेदवारलाई जिताएका थिए।

प्रकाशित मिति: : 2022-09-04 19:08:00

प्रतिकृया दिनुहोस्