झापा-४ (ख) मा एमालेबाट १५ जनाको नाम सिफारिस

नेकपा एमालेको झापा क्षेत्र नम्बर-४ को (ख) प्रदेशसभा सदस्यको उम्मेदवारका लागि १५ जनाको नाम सिफारिस भएको छ।

आज कनकाई नगरपालिका ३ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा बसेको पार्टीको निर्वाचन परिचालन कमिटीको बैठकबाट यस क्षेत्रका लागि १५ सदस्यको नाम सिफारिस गरेको हो। 

यसरी प्रदेश सांसदका लागि सिफारिस हुनेहरुमा झापाका पुराना कम्युनिष्ट नेता गोकर्ण ओझादेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीका ज्वाई कमल कट्टेलसम्म परेका छन्।

प्रदेश कमिटी उम्मेदवारको सिफारिसमा हालका माननीय सांसद एलपीसाँबा लिम्बुका स्वकीय सचिव विशाल खनाल र साँबाकै विश्वासपात्र मानिने युवा संघका केन्द्रिय नेता मिलन कट्टेलको समेत नाम सिफारिस गरिएको छ।

अन्यमा पार्टीका कनकाई नगर इन्चार्ज रविन्द्र लम्साल, तुलाराम बस्नेत, कृष्ण खतिवडा, पार्टीका कनकाई नगर उपाध्यक्ष तथा पुर्व कृषि मन्त्री हिरा थापाका पिए विनोद रानामगर, ओम पाठक, ख्याम मिश्र, गजेन्द्र ताम्ली, मनोज ताम्ली, धनबहादुर थेबे, डम्बर अधिकारी रहेका छन्।

पार्टीका केन्द्रीय सल्लाहकार सदस्य वालकृष्ण मैनालीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पहिलो पटक यतिधेरै जनाको नाम सिफारिस भएको एक नेताले बताए। त्यसैगरी बैठकको अध्यक्षता पार्टीका क्षेत्रिय अध्यक्ष गोकर्ण ओझाले गरेका थिए। 

प्रकाशित मिति: : 2022-09-04 22:21:00

प्रतिकृया दिनुहोस्