मन्त्री श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षा गार्ड छुटे

File photo
File photo

संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका गरूड सेक्युरिटीका सुरक्षाकर्मी शेरजंग गुरूङ छुटेका छन् । सोमबार साँझ छुटेका गुरूङलाई शु्क्रबार ठमेलस्थित छाँया सेन्टरमा रहेको भिएसएफबाट पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।

शुक्रबार मन्त्री श्रेष्ठलाई सुरक्षाकर्मी गुरूङले लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको भनिएको छ । गुरूङले आफ्नो कर्तव्य निर्वाह गरेको भनेका छन् भने पर्यटनमन्त्री श्रेष्ठले सुरक्षाकर्मीबाट दुर्व्यवहार भयो भनेका छन् । यथार्थ के हो त्यो त सीसी टीभीको फ्रुटेज हेरेपछि नै थाहा होला । यही प्रकरणमा गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

गुरूङ पक्राउ परेपछि तातेको सामाजिक सञ्जालमा अधिकांशले मन्त्री श्रेष्ठतिरै धारेहात लगाए । परिणामस्वरूप मन्त्री श्रेष्ठले उनलाई रिहा गर्न आग्रह गरेका थिए । 

   सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।

प्रकाशित मिति: : 2022-09-06 07:30:00

प्रतिकृया दिनुहोस्