गायक शिव परियारको टिप्पणीः बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं

File photo
File photo

गायक शिव परियारले सामाजिक सञ्जालमार्फत पछिल्लो समयका भएका बलात्कारका घटनालाई लिएर प्रतिक्रिया दिएका छन्।

उनले नेपाल सरकारलाई सम्बोधन गर्दै बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन्।

उनले लेखेका छन्–सम्माननिय नेपाल सरकार। यो पेशेवर पिडित भनौंदाहरुलाई पनि व्यस्थित गरि कारवाहि गर्ने कुनै कानुनको धारा होला नी? कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउँने खेल हुँदैछ यहाँ? यो गिरोहको उपचार तत्काल नगर्ने हो भने बलात्कारिहरुको देश नेपाल हो भन्ने नजिर स्थापित हुन बेर लाग्दैन भन्ने  देखियो। कृपया अनुसन्धान होस, होईन भने बलात्कारि आरोपको प्रधान मन्त्री, बलात्कारि आरोपको मेयर, बलात्कारि आरोपको कलाकार, बलात्कारि आरोपको संस्कृत बिद, बलात्कारि आरोपको बैग्यानिक, बलात्कारि आरोपको किसान, बलात्कारि आरोपको शिक्षाबिद, बलात्कारि आरोपको खेलाडी , बलात्कारि आरोपको सामाजसेवि भएको देश नेपाल हो भनेर बिश्व मानचित्रमा दर्ज हुन बेर लाग्ने छैन। यि बलात्कारि गिरोहको पर्दाफास र सन्निकट हुन जरुरि  देख्दछु म। कृपया यति बेला सबै बर्ग ,सम्प्रदाय ,जात ,धर्म र नेपालीहरुले नेपालमा मौलाएको बलात्कार व्यावसायको भण्डाफोर गर्न जरुरि देख्दछु। अनुसन्धानबाट नियतबस बलात्कारि नै हो भने कानुनत छुट नहोस। तर देशका सबै आईकनलाई सिध्याउँने नियत सहितको केश अवस्था हो भने सम्माननिय नेपाल सरकार, नेपाल प्रहरि र अदालत सबै निकाय यस बिषयमा संवेदनशिल हुनु पर्ने अवस्था देख्दछ। तर दुखि आत्माहरुले आफ्नो प्रसिद्दि, प्रतिष्ठा एउटा नाबालिक प्रशंशक प्रति यौनको भोक मेटाउँन प्रयोग गरेको हो भने मुलाहरुको सामान काट्ने कानुन आएपनि म राजी छु सरकार।
–शिव परियार

उनको यस स्टाटसलाई कसैले सम्र्थन गरेका छन् भने कसैले यसको विरोध जनाइरहेका छन्। 

प्रकाशित मिति: : 2022-09-08 11:42:00

प्रतिकृया दिनुहोस्