मङ्सिर ४ निर्वाचनका लागि घोषणापत्र लेख्दै पार्टी महामन्त्री किरण 

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पुनर्जागरण पार्टी नेपालका महामन्त्री रवि किरण हमालले घोषणापत्र लेख्दै छन्।

उनी दिनहुँ विभिन्न विषयका बिज्ञहरुसङ भेटघाट गरि सम्बन्धित विषयका बिज्ञ, युवा र आम सर्वसाधारण सङ पनि छलफल गरिरहन्छन्।

पार्टीले पुर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगिकार गरेको छ। किरण मुख्यतः कुटनिती,कर्मचारीप्रशासन,न्यायलय,सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थनिति कस्तो बनाउने भन्ने विषयमा केन्द्रित भएर घोषणापत्र लेख्दै छन्।

पुनर्जागरणले पहिलादेखि नै संविधानलाई संसोधन गर्नुपर्ने माग सार्दै आएको थियो। संविधानमा सच्याउनुपर्ने विषयहरुका बारेमा पनि स्पष्ट अवधारणा ल्याउने किरणले बताएका हुन्। 

०७९ साउन १२ मा  निर्वाचन आयोगमा दर्ता भएको पार्टी ४० वर्ष मुनिका युवाहरूको पार्टी हो। बलिरहेको मैनबत्ती चुनाव चिन्ह लिएर पुनर्जागरण मङ्सिर ४ को निर्वाचनमा भाग लिदैंछ।

घोषणापत्र लेख्दै गर्दा किरणले सल्लाह र सुझाव समेत पनि मागेका छन्।

प्रकाशित मिति: : 2022-09-12 15:35:00

प्रतिकृया दिनुहोस्