बिहिबार, १४ अगस्ट २०२५

टिओआरमा सहमति नभएसम्म संसद सञ्चालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

News Image
• • •

विपक्षी दलहरुले संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) मा सहमति नभएसम्म संसद बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरुकाे बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सहमति नभएसम्म संसद बैठक सञ्चालन नगर्न आग्रह गरेका हुन्।

अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ। अहिले विपक्षी दलहरु पनि कार्यदलको बैठकको नतिजा पर्खाइमा रहेपछि संसदको ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ।

नेपाली कांग्रेससहित विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बाेल्न निर्णय गरेकाे छ।

बैठकमा सहभागी एक नेताकाे अनुसार संसद गृहमन्त्रीकाे जवाफ सुन्ने र जवाफ चित्त बुझे संसद अगाडि बढ्न दिने निर्णय भएकाे छ।

बिहान आज बसेकाे विपक्षी दलहरूकाे बैठकले संसद गृहमन्त्रीकाे जवाफ सुन्ने र जवाफ चित्त बुझे संसद अगाडि बढ्न दिने निर्णय गरेकाे हाे। तर विपक्षी टिओआर सहमति नजुट्दासम्म संसद नचलाउ भनेकाे छ।

आइतबार, जेठ ०६, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)