जनकपुरमा केपी ओलीलाई २०५ किलोको माला

File photo
File photo

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ।

जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन्। 

उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन्।  
 

प्रकाशित मिति: : 2022-09-12 17:06:00

प्रतिकृया दिनुहोस्