पुनजागरण पार्टीका महामन्त्रीद्वारा शोक पुस्तिकामा हस्ताक्षर

बेलायती महारानी एलिजावेथ द्वितीयको निधनमा दुःख व्यक्त गर्न पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल बुधवार नेपालस्थित बेलायती दुतावास पुगेका छन्।

काठमाडौंको लैनचौरस्थित दुतावास पुगेर हमालले महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्।

साथै उनले महारानीको निधनबाट दुखित बेलायती जनता र राजपरिवारप्रति समवेदना प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

महारानीको निधन पश्चात दुतावासले झण्डा झुकाउदैँ शोक पुस्तिका राखेको छ। दूतावासमा राखिएको शोक पुस्तिकामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा लगाएत विभिन्न दलका नेताहरू पुगेर श्रद्धाञ्जली दिएका छन्। 

प्रकाशित मिति: : 2022-09-14 14:45:00

प्रतिकृया दिनुहोस्